Aamsanchar

लागूपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा एकै पटक २० जना पक्राउ

Author Image
सोमवार, असोज १५, २०८०


बिर्तामोड । लागूपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न भएको आरोपमा झापाको बिर्तामोडमा बालक र किशोरकिशोरी गरि एकै पटक २० जनालाई स्थानीयबासीले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका छन् ।

बिर्तामोड–५ सुगमटोल गणपति मार्गका टोलवासीहरुले लागूऔषध प्रयोग गरेर रातदिन होहल्ला र सार्वजनिक स्थलमा अश्लिल गतिविधि गर्ने काम हुन थालेपछि समाज सुधार अभियान अन्तरगत टोलवासीले लागूऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको स्थानीय विपिन बजगाईँले बताए ।

आज बिहान ७ बजे टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीय हरूले सुगम पेट्रोल पम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनी हरूलाई पक्राउ गरेका थिए ।

बिर्तामोड नगर क्षेत्र लागूऔषधको रेडजोन नै भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । बिर्तामोड नगरलाई लागूऔषध दुर्व्यसनी मुक्त समाज बनाउने नारा र कार्यक्रम स्थानीय सरकार, प्रहरीले हरेक वर्ष बनाउने गरेको छ । तर कार्यन्वयन पक्ष भने प्रभावकारी बन्न नसक्दा दिन प्रतिदिन लागूऔषध सेवन कर्ता र देह व्यापार गर्ने गराउने हरुको संख्या बिर्तामोडमा बढेको भन्दै स्थानीय लिला खड्काले चिन्ता व्यक्त गरेकी छन् ।

लागूऔषधमा जानेर वा नजानेर बाध्यताले फसेकाहरूलाई दुर्व्यसनीबाट मुक्त गराउन अभियान सुरु गरिएको छ  । बिर्तामोड ५ लागूऔषध र देह व्यापारको केन्द्र विन्दुनै भएको जस्तो अवस्था देखिएको छ । अभिभावक नभएका त बिग्रिए तर अभिभावक भएका युवाहरू पनि लागूपदार्थको दलदलमा फसेका छन् । दुर्व्यसनीमा फसेकाहरू बिर्तामोड ५ का भन्दा बाहिर  भारतबाट कवाडीको कमगर्ने भेषमा आउने र लागूपदार्थको कारोबार गर्ने गरेका छन् । नेपालको पहाडी जिल्ला, पश्चिम जुम्ला घर बताउनेहरु यार्चागुम्बु बेच्ने व्यक्ति बनेर लागूपदार्थ कारोबारमा सक्रिय बन्दै आएको सूचना पाएको छु । त्यस्ता कानुन विपरित कार्य गर्नेहरूलाई बिर्तामोडबाट  विस्थापित गराई सभ्य र शान्त बिर्तामोड बनाउन नागरिक समाज अग्रसर भएको छ । यसमा स्थानीय सरकारको तर्फबाट पनि बिर्तामोडलाई लागूऔषध मुक्त बनाउन विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गर्ने बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईँको भनाई ।

आज पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट लागूऔषध कारोबारी भएको पुष्टि नभएकाहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइएको र अभिभावक नभएका १० जना किशोरी र ३ जना बालकलाई सुधारगृहमा पठाइएको डीएसपी सुरज कार्कीले जानकारी दिए ।   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
Views: 59

प्रतिक्रिया (०)