

बिर्तामोड । झापा कनकाईमा रहेको कनकाईधाम धार्मिक विकास संस्था कोटिहोमको अध्यक्षमा समाजसेवी तथा धार्मिक व्यक्तित्व शेरबहादुर थापा विजयी भएका छन् ।

आज साँझ ०६ः४५ सम्म जारी मतगणना अनुसार थापाको जित निश्चित भएको हो । हिजो सम्पन्न निर्वाचनमा ९२६ मत खसेको थियो ।

थापाले अध्यक्षका अर्का प्रत्यासी नरेन्द्रप्रसाद फुयाललाई हराउने निश्चित भएको हो । ८०२ मत गणना गर्दा थापाको ४५४ र फुयालको ३२८ मत छ ।


अब गन्न बाँकी मतमध्ये तीन मत मात्र थापाले पाए उनको जित पक्का हुनेछ । थापाले सुरुवातदेखि नै अग्रता लिएका थिए ।
Views: 145

