Aamsanchar

दलहरूको घेरा तोडेर स्वतन्त्र उम्मेदवार थापा कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा विजयी 

Author Image
मङ्गलवार, असोज १६, २०८०

कनकाई । कनकाई धार्मिक विकास संस्था (कोटीहवन) को अध्यक्षमा शेरबहादुर थापा बिजयी भएका छन् । हिजो सम्पन्न निर्वाचनको आज अहिले साढे ७ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो । थापाले ५२३ मत ल्याएर विजयी भएका हुन । थापाले प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्रप्रसाद फुयालले ३७६ मत गरेका छन् । यसैगरी महासचिवमा समेत शेरबहादुर थापाकै दिनानाथ खतिवडा बिजयी भएका छन् । खतिवडाले ४३५ मत ल्याएर बिजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी यहाँका दलका तर्फबाट उम्मेद्वारी दिएका कृष्णप्रसाद घिमिरेले ४२२ मत ल्याए । बाकी सबै पदाधिकारीमा दलका तर्फबाट उम्मेद्वारी दिनेहरू बिजयी बनेका छन् । सदस्यहरूको भने मतगणना जारी रहेको छ ।

पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा दलका तर्फबाट उम्मेद्वारी दिएका निर्मल खतिवडाले ४८२ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शेरबहादुर प्यालनका डिल्लीराम बाह्रकोटीले ३८९ मत ल्याउन सके । यसैगरी धार्मिक उपाध्यक्षमा दलका तर्फबाट उम्मेद्वारी दिएका प्रकाश थापा ४८१ मतका साथ बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका चन्द्र भेटवालले ३७६ मत ल्याए ।

यसैगरी पर्यटन उपाध्यक्षमा दलकै तर्फबाट उम्मेद्वारी दिएकी अम्बिका खरेलले ४९४ मतका साथमा बिजयी हुँदा उनका प्रतिद्वन्द्वी स्वतन्त्रका रामप्रसाद अधिकारीले ३६७ मत प्राप्त गरे । यसैगरी सचिवमा समेत दलका तर्फबाट उम्मेद्वारी दिएका यामनाथ खतिवडा ४७९ मतका साथमा बिजयी हुँदा उनका प्रतिद्वन्द्वी स्वतन्त्रका युवराज पौडेलले ३३३ मत र अर्का स्वतन्त्र उम्मेद्वार अर्जुनकुमार बस्नेतले ५३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा समेत दलका तर्फबाट उम्मेद्वार दिएका मानबहादुर पौडेलले ४८९ मत ल्याएर बिजयी हुँदा उनका प्रतिद्वन्द्वी थापा प्यानलका तर्फबाट उम्मेद्वारी दिएका अम्बिका चापागाँईले ३२० मत मात्रै ल्याउन सफल बनेकी छन् । कुल ११२८ मतमा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले जानकारी दिए ।

कोटीहोम धार्मिक विकास संस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायतका सबै दलहरू एकातिर र शेरबहादुर थापाको प्यानल अर्कातिर चुनावी प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
6
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर