काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व रेकर्ड बनाउन पाउँदा निकै खुसी लागेको बताएका छन् । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाल फर्किएका ऐरीले रेकर्ड तोड्न पाउँदा खुसी लागेको भन्दै अब अझै राम्रो खेल्ने बताए ।
ऐरीले अहिले टिम एकजुट भएर खेलिरहेको भन्दै अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्ने बताए ।
एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न स्वदेश फर्किएको हो ।
एसियाड गेममा सहभागी भएर स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 19