Aamsanchar

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा

Author Image
शनिवार, असोज २०, २०८०

विराटनगर –कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

विश्वासको मतका निम्ति प्रस्ताव प्रस्तुत नगरी मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरे । उनले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् ।राजीनामा दिनेबारे शनिबारै दिउँसो उनले नेकपा ९एमाले० कोसी प्रदेशसभा संसदीय दलको बैठकमा जानकारी गराएका थिए ।

संविधानको धारा १६८ (५)अन्तर्गत सरकार बनाइँदा कार्कीले पुनः मुख्यमन्त्रीमा दाबी गर्न नपाउने दलका सांसदले सुझाव दिएका थिए ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६७ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुनः १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नसकिने बैठकमा जानकारी गराएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर