Aamsanchar

रोङ गाउँपालिकाले ल्यायो शिक्षामा नयाँ योजना, अभिभावकले पनि स्कुल पढ्न जानु पर्ने

Author Image
आइतवार, असोज २१, २०८०

झापा । इलाम जिल्लाको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, सरकार सँगै अभिभावक पनि उत्तिकै जिम्मेवार हुने भन्दै नयाँ योजना ल्याएको छ । 

सो योजना अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनाको एक दिन विद्यालयमै ल्याएर पढाइने गाउँपालिकाले जनाएको हो । त्यो दिन कक्षा– ८ भन्दा माथिका विद्यार्थीले भने घरमा अभिभावकले गर्ने काम गर्नु पर्ने छ । 

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङवो भन्छन्  ‘ विद्यार्थीलाई त्यस दिन घर को काम लगाउँदा व्यावहारिक  ज्ञान पाउँछन् भने आफूलाई विद्यालय पढाउँदा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्छन् । त्यसै गरी, महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कार पढाउँदा उनीहरूमा जिम्मेवारीबोध हुन्छ । अभिभावकलाई जिम्मेवार बनाउन शिक्षा कार्यक्रम अघि सारेका हौ ।’ 

रोङ गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय शिक्षा सुधार अभियानको घोषणा गर्दै शिक्षा सुधार मा विशेष योजना बनाएर अघि बढेको उनको भनाइ छ । त्यसै गरी, गाउँपालिकाले विद्यार्थीको खातामा हरेक दिन १ रुपैयाँ जम्मा गरिदिने पनि अभियान थालेको छ । त्यसै गरी, रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका सबै शिक्षकले अनिवार्य कम्प्युटर सिक्नुपर्ने पनि जनाएको छ ।

शिक्षकलाई कम्प्युटर सिक्नका लागि गत जेठमै विद्यालयलाई पत्र काटिएको थियो । विद्यालयका सबै शिक्षकले कम्प्युटरको ज्ञान हासिल गर्नुपर्छ । नयाँ प्रविधिअनुसार चल्न सिक्नु पर्दछ । स्याङवो ले भने का छन् । त्यसका लागि गाउँपालिकाले सहयोग गरि रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर