Aamsanchar

बर्सेनि ५ हजार जनालाई राेजगारी दिने काठमाण्डाै महानगरकाे याेजना

Author Image
आइतवार, असोज २१, २०८०

काठमाण्डौ – काठमाण्डौ महानगरले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले बर्सेनि कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना ल्याइएको जानकारी दिनुभएको छ । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै “प्लेटफर्म”मा ल्याई श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र रोजगारदातालाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको हो ।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली यो योजनामा आबद्ध हुन सक्ने मेयर शाहले बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर