Aamsanchar

इजरायल : आतंकवादी समूहकाे आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि

Author Image
आइतवार, असोज २१, २०८०

काठमाडौं – आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ ।”

उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन् ।

यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ ।

शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 123

प्रतिक्रिया (०)