Aamsanchar

घोराहीमा गौमाता रक्षार्थ महायज्ञ एवं दशैँ धार्मिक महोत्सवको तयारी तीव्र

Author Image
आइतवार, असोज २१, २०८०

घोराही ।   गौमाता रक्षाकालागी घोराहीमा महायज्ञ सञ्चालन हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा यही असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन हुने भएको हो ।

आयोजक मूल समितिले महायज्ञको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनले तुलसीपुर उपमहानगरपालिका १८ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन लगायत गाईहरूको आहार व्यवस्थापनका लागी महायज्ञ आयोजना गर्न लागिएको आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेसनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

गौशालामा रहेका ५ सय बढि असहाय, बेसहारा, सुत्केरी गौमाता हरूको विगत दुई वर्ष देखि फाउण्डेसनले पालन पोषण गरिरहेको र हरेक दिन बेसहारा गाईहरूको संख्या बढ्दै गएकाले थप व्यवस्थापन गर्न कठिन भएका कारण सबैको सल्लाहमा महाय सञ्चालन गरिएको योगीले जानकारी दिनुभयो । गौशालामा रहेका गौमाता हरूको संरक्षण तथा बसाइ व्यवस्थापन, आहारा व्यवस्थापन लगायत राष्ट्रिय जनावर गाईको महत्व समाजमा स्थापित गर्नका लागी ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मिक दशै महोत्सव’ आयोजना गरिएको र महायज्ञको तयारी तीव्र रुपमा अगाडि बढाइएको मूल आयोजक समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो । महायज्ञको तयारी अन्तरगत विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको र ती समितिहरूले आफ्नो काम तीव्र रुपमा अगाडि बढाएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै महायज्ञका सल्लाहकार समितिका संयोजक डा. भोलानाथ योगीले हिन्दु धर्म अनुसार हरेक घरमा गाई हुनुपर्छ भनिएको तर आधुनिकतासँगै गाई संरक्षणमा ध्यान जान नसक्दा राष्ट्रिय एवं धार्मिक जनावरको संरक्षण एवं व्यवस्थापन गर्न आवश्यक भएको महसुश गरेर यस महायज्ञको आयोजना गरिएको बताउनुभयो । उहाँले अन्य महायज्ञ भन्दा यो महायज्ञ फरक उद्देश्यले आयोजना गरिएको भन्दै सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो । महायज्ञको मुख्य वाचकमा अन्तराष्ट्रिय स्वर्ण पदकबाट विभूषित पं. श्री अमृतशरण देवाचार्य रहनुभएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राष्ट्रिय जनावर एवं हिन्दु धर्मसँग जोडिएको गौमाताको संरक्षणका लागी आयोजना गरिएको महायज्ञ सफल बनाउनु सबै हिन्दु धर्माबलम्बीहरूको दायित्व भएकाले यसलाई सफल बनाउनका लागी सञ्चार क्षेत्रले साथ र सहयोग प्रदान गर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण महायज्ञका प्रचारप्रसार समिति संयोजक आर. के.शीतलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)