Aamsanchar

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय

Author Image
सोमवार, असोज २२, २०८०

वालिङ- स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ ।

नगरभित्रका आधारभूत तह ८ वटा र माध्यमिक तह तर्फ १६ वटा गरी २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको हो । पहिले चरणमा आधारभूत तह कक्षा १–८ सञ्चालित सबै विद्यालय र माध्यमिक तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदै गएको गुनासो आउन थालेको भन्दै पालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।

शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको नगर प्रमुख खाँणले बताउनु भयो । यस्तै सबै सरकारी कर्मचारी, जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले पनि आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा पढाउने गरी वालिङ नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिका भित्रका शिक्षकहरुले आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था रहेको उपप्रमुख कविता तिवारीले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर