चारपाने । झापाको बिर्तामोड–२ चारपाने स्थित बेलडाँगीमा आज देखि जिल्ला स्तरीय खुला दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको र आज दिउसो २ बजे वीरअमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन फुटवल प्रतियोगित हुने आयोजक एकता स्पोर्टिङ क्लवका अध्यक्ष किरण पौडेलले आमसंचारलाई बताए ।

फिफाको नियम अनुसार सुरुहुने जिल्ला स्तरीय फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका ८ वटा क्लबहरूले सहभागी जनाउने छन् ।

प्रतियोगितामा उद्घाटन खेल झापा ११ र बाहुनडाँगी एफसी बिच हुने भएको छ । त्यसैगरी क्रमस २६ गते बुट्टाबारी युनाइटेड र झापा एफसी राजगढ, २७ गते सैनिक एफसी र नव प्रतिभा युवा क्लव, २८ ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लब बिच प्रतिषपर्दा हुने छ ।


खेल ९–९ जना खेलाडी बिच हुनेछ । जसमा परिवर्तन हुने खेलाडीसहित जम्मा खेलाडी संख्या १४ जना, १–१ जना कोच र टिम मेनेजर रहन सक्ने छन् । असोज २५ गते सुरु भएको प्रतियोगिता कार्तिक ३ गते समापन ( फाइनल ) हुनेछ । असोज २९ र ३० गते सेमीफाइनल खेल हुनेछ ।


२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएका ले युवाहरूको सर्वाङीण विकास गरि उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी रहन्छ भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै वीरअमर सिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष कोचको व्यवस्था गरि १६ वर्ष मुनिका १ सय भन्दा बढी बालबालिकाहरूलाई निशुल्क खेलकुदको तालिम प्रदान गर्दै आएकोछ ।


