Aamsanchar

एकता स्पोर्टिङ गोल्डकपको उद्घाटन खेलमा झापा ११ विजयी (फोटो फिचरसहित)

Author Image
बिहिवार, असोज २५, २०८०

बिर्तामोड। चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता झापा ११ एफसीले विजयी सुरुवात गरेको छ ।

बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा ११ ले बाहुनडाँगी एफसीलाई ३–१ गोल अन्तरले हराएको हो ।
झापा ११ का लागि समिर गुरुङ, प्रदिप बुढाथोकी र मनिष लिम्बूले गोल गरे । बाहुनडाँगीका तर्फबाट सेवन मगरले सान्त्वना गोल फर्काए ।
सुरुवातदेखि नै बाहुनडाँगीलाई दबाबमा राखेको झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । आजको खेलको प्लेयर अफ द म्याच झापा ११ का प्रदिप बुढाथोकी भए । उनले नगद तीन हजार पाए ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूहरुको सहभागिता रहेको छ । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर