Aamsanchar

कनकाईमा जारी  फुटबल  प्रतियोगिता वड नम्बर ३ र २ को विजयी सुरुवात 

Author Image
बिहिवार, असोज २५, २०८०

कनकाई। प्रजापति सामाजिक क्लब को आयोजना  तथा कनकाई नगरपालिका १ नम्बर वडा कार्यालय र  प्रजापति सामुदायिक वनको विशेष सहयोगमा झापाको कनकाई १ स्थित प्रजापतिमा  आज देखि कनकाई नगरपालिका वडा स्तरीय नकआउट फुटबल  प्रतियोगिता  २०८० सुरु भएको छ ।
बडादशैँ तथा तिहारको अवसर पारेर प्रजापति सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको आयोजक प्रजापति सामाजिक  क्लबका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिनुभयो ।

आजको उद्घाटन खेलमा वडा न ३  र २ ले विजयी सुरुवात गरेका छन् ।

कनकाई १ स्थित प्रजापति सामुदायिक वन परिसरमा रहेको  खेलमैदानमा भएको  पहिलो उद्घाटन  खेलमा वडा न ३ ले वडा न ५ लाई १–० गोल अन्तरले हराएको  वडा न १ का वडा सदस्यीय हरिकुमार राईले जानकारी दिनुभयो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा वडा न ८ लाई सडनडेथमा हराउँदै वडा २  पनि विजयी भएको छ।

आजको पहिलो खेलको प्लेयर अफ द म्याच विजयी टिमका मनिष लिम्बू  घोषित भए। उनले मनकामना प्रिन्ट दुर्गापुरका तर्फबाट आकर्षक पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो  वडा न ८ र वडा २ बीच भएको खेलमा  विजयी टिमकै सन्दिप इदिङ्गो प्लेयर अफ द म्याच घोषित भए। उनलाई होटल स्वर्गलोक दमकले पुरस्कारको व्यवस्था गरेको थियो ।

प्रतियोगितामा कनकाईका  प्रत्येक वडाका एक ९ एक  गरि नौ टिमको सहभागिता रहेको छ ।

आजबाट सुरु भएको प्रतियोगिता असोज २९ गते समापन ९ फाइनल ०  खेल हुने बताएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार १ सय ११, दोस्रो पुरस्कार राशि १५ हजार १ सय ११ रहेको छ ।
त्यसैगरी प्रत्येक खेलमा मेनअफद म्याच खेलाडीलाई नगद , फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक समितिका खेल संयोजक हेमसिङ्ग श्रेष्ठले  जानकारी दिनुभयो ।
स्थानीयस्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको  क्लबका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

भोलिको पहिलो  खेल  वडा न ४ र ७ तथा   दोस्रो खेल वडा न १ र ९ बिच हुने वडा न १ का वडा सदस्य  राईले जानकारी दिनुभयो ।प्रतियोगिता अवधिभर रिजाल इन्टरप्राइजेज दुर्गापुरले साउण्ड सिस्टम निशुल्क उपलब्ध गराएको क्लबका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष सुवेदीको सभापतित्व मा भएको उद्घाटन खेलमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथि वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल , प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

वडा  सदस्य निर्मला खड्का , दल बहादुर थापा लगायत उपस्थित रहेको कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष राजेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष दिपेश रिमाल र  सहसचीव जित मगरद्वयले सयुक्त रुममा गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१