झापा – झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका– ९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन् ।
उनिहरुलाइ झापाको बिर्तामोडबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको गौरीगञ्ज प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प. ६७४६ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक दमकका प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 67