Aamsanchar

शङ्कराचार्य पीठ साधुटारकाे नयाँ कार्य समिति गठन

Author Image
आइतवार, असोज २८, २०८०

झापा – अर्जुनधारा- १ स्थित श्री शङ्कराचार्य पीठ साधुटार वेदवेदाङ्ग संस्कृत पाठशाला सिद्धेश्वरी कामदा गौशालाको ४८ औं साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद खतिवडाको सभापतित्व तथा गोलोक गोर्वधन गौशाला सताक्षी धामका संस्थापक अध्यक्ष नन्द किशोर भारद्वाजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभा तथा विशेष अधिवेशनबाट  १३ सदस्य कार्य समिति गठन गरिएको छ । नवगठित समितिकाे अध्यक्षमा लक्ष्मी प्रसाद खतिवडा, बरिस्ठ उपाध्यक्षमा शान्तिराम नेपाल, उपाध्यक्षमा मदन प्रसाद ढकाल, महासचिवमा हरि प्रसाद नेपाल,सचिवमा अम्बर राई कोषाध्यक्षमा गजाधर खतिवडा, सदायहरूमा लिलाधर खतिवडा, तुलसा पोखेल , नन्दलाल खनाल, होमनाथ घिमिरे,विष्णु खतिवडा, पदम वहादुर निरौला चयन हुनुभएकाे छ ।

नवगठित समितिको पहिलो बैठकवाट बाँकि सदस्य  विधान अनुसार कार्य समिति थप गर्ने  निर्णय समेत भएकाे  छ । साथैअन्य सल्हाकार सदस्य एवं लेखा समिति गठन‌को जिम्मेवारी पनि कार्य समितिलाई दिइएकाे छ ।

केदारनाथ खतिवडाकाे विशिष्ठ आतिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा वडा सदस्य मदन कुमार लिमेल, वालकृष्ण खतिवडा, इन्दिरा रमदाम, सिंहदेवी मा.वि.का अध्यक्ष विष्णुलाल ढकाललगायतकाे आतिथ्यता रहेकाे थियाे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर