काठमाडौं – एएसीसी यू-१९ मेन्स प्रिमियर कपमा दिपेश कंडेलको घातक बलिङको मद्दतमा नेपाललाई बहराइनले ८८ रनको चुनौति दिएको छ।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ बलमा अलआउट हुँदै ७७ रन बनाउन सक्यो।
९ दशमलव ५ ओभर बलिङ गरेका कंडेलले ८ ओभर मेडन राख्दै जम्मा चार रन दिएर ६ विकेट लिए। ८ ओभर बलिङ गरेका दुर्गेश गुप्ताले ८ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए।
बहराइनका मोहम्मद बसिल अब्दुल हाकिमको ३४ रन नै सर्वाधिक रह्यो। अन्य ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन्। बहराइनले १७ रन अतिरिक्त पाएको छ।
७८ रनको लक्ष्यसहित नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 62