Aamsanchar

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

Author Image
आइतवार, असोज २८, २०८०

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज आइतवार शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ दिलाएका हुन्।

काँग्रेस नेता कार्की एमालेका ३९ र कांग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनी संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका हुन्।

कार्कीले दुईजना मन्त्री नियुक्त गरेका छन्। एमालेबाट राम राना र काँग्रेसबाट शम्सेर राई दुवैजनालाई बिनाविभागीय मन्त्री तोकिएको छ। उनीहरूले पनि आजै शपथ लिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१