चारपाने । झापाको बिर्तामोड–२ स्थित चारपानेमा शुष्मा काष्ठ फर्निचर सञ्चालनमा आएको छ । वडादशैंको घटस्थापनाका अवसर पारेर आइतवार (आज) देखि फर्निचर सञ्चालनमा आएको हो । फर्निचरको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।

६० लाखबढी रुपैयाँको लगानीमा रामचोकमा फर्निचर फ्याक्ट्रीसहित चारपानेमा फर्निचर पसल युवा सन्दिप राजवंशीले सञ्चालनमा ल्याएका हुन् ।

उक्त फर्निचरमा २ लाख ७० हजार रुपैयाँसहितका फर्निचरका सामाग्री रहेको सञ्चालक राजवंशीले जानकारी दिए । ‘एकचोटी किनेपछि जीवनभर ढुक्क’ भन्ने नाराका साथ फर्निचर स्थापना गरेको सञ्चालक तथा सन्दिपका पिता सन्तोष राजवंशीले बताए । सञ्चालक सन्दिपको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले गरेका थिए ।




सोही कार्यक्रमकाबिच फर्निचरका कर्मचारी टंक धिमाल, गणेश सरकार, अर्जुनकुमार चौधरी, सुमन वर्मन र कुमार लिम्बुलाई सम्मानसमेत गरिएको थियो ।

