Aamsanchar

चारपानेमा चारवटा संस्थाको आयोजनामा सामूहिक दुर्गापूजा 

Author Image
सोमवार, असोज २९, २०८०

चारपाने । नेपाल र नेपालीको उल्लासमय पर्व दशैँ सुरु भएको छ । गाउँ, सहर, बजारका विभिन्न टोलका मन्दिर तथा सार्वजनिक स्थलमा अस्थाई रुपमा नवरात्र पुजा आयोजना भइरहेको छ । त्यस्तै झापाको चारपानेमा यस वर्ष पनि नवरात्र (दुर्गापूजा) आयोजना गरिएको छ ।

हरेक वर्ष चारपानेमा दुर्गा पूजा आयोजना हुँदै आएको थियो । यस वर्ष पनि असोज २८ गते घटस्थापनाको दिन देखि चारपाने चोकमा  दुर्गापूजा आयोजना गरिएको हो ।

चारपाने नमुना टोल विकास संस्था, बानालाल टोल विकास संस्था, सहारा टोल विकास संस्था र स्मार्ट टोल विकास संस्थाको संयुक्त आयोजनामा नवरात्र दुर्गापूजा समारोह आयोजना गरिएको हो ।

दशैँको वेला गाउँ ठाउँमा दुर्गा भवानीको आराधना, भजन कीर्तन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुदाँ सामाजिक एकता, धर्मसंस्कृतिको जर्गेना हुने भएकाले सार्वजनिक दुर्गापूजा आयोजना गरिएको  दुर्गा पूजा समितिका अध्यक्ष हरिभक्त उप्रेतीले बताए ।

दुर्गा पूजा आयोजना गर्न उप्रेतीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।  समितिको उपाध्यक्ष शम्भुप्रसाद भण्डारी, सचिव भाष्कर लुँइटेल, सहसचिव चक्रप्रसाद ढकाल, कोषाध्यक्ष गंगा कार्की त्यसैगरी समितिको सदस्यहरूमा विनोद आचार्य, कुमारी राजवंशी, लिलाराज चौलागाइँ, श्यामकृष्ण दाहाल र बालकृष्ण गिरी रहेका छन् ।

नवरात्रभर पुरोहित मोहन पोखरेलले नित्य पूजाअर्चना गराउने भएका छन्  भने कर्तामा होमनाथ पोखरेल रहेका छन् ।

चारपानेमा आयोजना गरिएको दुर्गा पूजाको कारण चारपानेमा दशैँको रौनक बढेको छ । बिहान बेलुका  माइकबाट भजन कीर्तन बज्दा चारपाने चोक गुञ्जायमान हुने गरेको छ । दशैँ मान्न परदेशबाट आउनेहरू चारपानेमा आइपुग्दा उनीहरू पनि उत्साहित हुने गरेको देखेर आफूहरू खुशी हुने गरेको पूजा समितिका सचिव भाष्कर लुइटेलले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)