काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।
पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ । यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा पनि आज पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनु भयो। गएराति पनि उपत्यकामा पानी परेको थियो ।
पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 84