

काठमाडौं – फिफा विश्वकप एशियाली छनोट लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप एशियाली छनोटअन्तर्गतको दोस्रो चरणमा प्रवेश गरेको छ।

लाओसको वियन तियानेस्थित राष्ट्रिय रंगशालामा आज साँझ भएको खेलमा घरेलु टोलीलाई १–० गोलले स्तब्ध पार्दै नेपाल अर्को चरणमा पुगेको हो।

नेपालको जितमा खेलको ५२ औँ मिनेटमा अञ्जन बिष्टको पासमा मनिष डाँगीले आकर्षक गोल गरे। गत बिहीवार दशरथ रंगशालामा सम्पन्न पहिलो लिगको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपाली टोलीमा आज ३ परिवर्तन गरेका थिए। उनले आयुष घलानको ठाउँमा दिनेश हेन्जन, आवास लामिछानेको स्थानमा उत्सव राई र आशिष चौधरीको स्थानमा एरिक विष्टलाई खेलाएका थियो।
Views: 104

