Aamsanchar

राजवंशी धर्म–संस्कार विकास समितिको प्रथम झापा सम्मेलन

Author Image
मङ्गलवार, असोज ३०, २०८०

कनकाई । राजवंशी समाज विकास समिति अन्तर्गत राजवंशी धर्म संस्कार विकास समितिको प्रथम झापा जिल्ला सम्मेलन आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलन आयोजक समितिका संयोजक देवचरण राजवंशीको अध्यक्षता र राजवंशी समाज विकास समिति झापाकी अध्यक्ष नौताली राजवंशीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको विशेष उपस्थिति थियो ।

झापाका दुई सयभन्दा बढी राजवंशी (गुरुगसाई) कुल गुरुहरुको उपस्थितिमा झापाको कनकाई–८ लक्ष्मीपुरमा सम्मेलन सम्पन्न भएको हो । राजवंशीका कुल गुरुहरु गुरुगसाइ, गाइन, रावणीया, माली, पाञ्जियारहरुको उपस्थिति रहेको थियो ।

राजवंशी समुदायको जन्म, विवाह र मृत्यु संस्कारमा एकरुपता ल्याउने, धर्म संस्कृति र भाषाको संरक्षण र विकासमा समितिले टेवा पु¥याउने बताइएको छ । उक्त कर्महरुमा एकरुपता कायम गरी नयाँ पुस्तालाई त्यसबारे जानकारी प्रदान गर्न अभियान सञ्चालन गर्ने जनाइएको छ ।

त्यस्तै समितिले राजवंशीका धर्म, संस्कार र संस्कृतिसँग सम्बन्धी ग्रामथाम, देवालय, मठमन्दिर, पाटीपौवा लगायत सार्वजनिक स्थलको संरक्षणमा समेत सरकारको ध्यानाकर्षण गराउँदै अघि बढ्ने बताइएको छ । सम्मेलनले देवचरणा राजवंशीलाई समितिको अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सतलाल राजवंशी, सचिव बुद्धलाल राजवंशी, सहसचिव तुला राजवंशी, कोषाध्यक्ष चेतन राजवंशी चयन भएका छन् । सदस्यहरुमा काचालु, चमन, तोकालाल, कृष्ण, रुपलाल, पन्चितलाल, गणेश, मोहन सिंह, दानबहादुर, कृष्णबहादुर, गोकुल, नेठुलाल र श्रीलाल राजवंशी चयन भएका छन् ।

सम्मेलनमा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य शर्मिला राजवंशी, राजवंशी समाज विकास समितिका जिल्ला उपाध्यक्ष प्रविण राजवंशी, विनिता राजवंशी, कोषाध्यक्ष वैधनाथ सिंह राजवंशी, सदस्य टेनुलाल राजवंशी, पदम राजवंशी, समाजका बाह्रदशी अध्यक्ष राजु राजवंशी, महिला अभियानकर्मी जमुना राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर