काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।
जलवायु संवादका लागि बुधबार बिहान मुस्ताङ पुगेका प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्नेछन्।
मंगलबार अचानक बिरामी परेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री चिकित्सकको सल्लाह अनुसार आज बिहानै मुस्ताङ गएको उनको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 85