Aamsanchar

वील्कन इन्डष्ट्रिजको काम प्रति बिर्तामोडका जनप्रतिनिधि र उपभोक्ता खुसी

Author Image
बिहिवार, कार्तिक २, २०८०

पाँच वर्ष अघि बनाइएको पेवर्सको बाटो ।

झापा । वील्कन इन्डष्ट्रिज प्रालि अर्जुनधाराले उत्पादन गरेको पेवर्सको प्रयोग गर्दै निर्माण गरिएको बिर्तामोड ५ स्थित वालाजी टोलको सडक निर्माणको ५ बर्ष पुरा भएको छ ।

निर्माण सम्पन्न गरिएको पाँच वर्ष सम्म सडकको वारेन्टी रहेको र पाँच वर्षसम्म सडकमा कुनै समस्या नदेखिएपछि वालाजी टोल विकास संस्थालाई प्रालिले सो सडक संरक्षणको जिम्माका लागि सुम्पिएको हो ।

सम्मानित भीमचन्द्र भट्टराई ।

वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सहित आयोजित कार्यक्रमकाबीच प्रालिका अध्यक्ष भीमचन्द्र भट्टराईलाई राम्रो र टिकाउ सडक बनाई दिएको भन्नै प्रशंषा पत्रद्वारा टोल समितिले सम्मान गरिएकोे छ ।

टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र कुमार अधिकारीलगायत टोलबासीहरुले भट्टराईलाई सम्मान गरेका थिए ।

सो समारोहमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, ५ नम्वरका वडाध्यक्ष रोहित प्रसाई, वडा नम्वर १ का वडाध्यक्ष अग्नि प्रसाद पाण्डे लगायतले सडक गुणस्तरीय भएको बताउँदै कालोपत्रे भन्दा पेवर्स प्रयोग गर्दा राम्रो हुने बताए ।

सो कम्पनीले उत्पादन गरेको पेवर्सको प्रयोग गरेको सडक ६० टन भन्दा धेरै भारवहन क्षमता रहेको  प्रालिका अध्यक्ष भट्टराईले बताए ।

संस्थाका सल्लाहकार डा.चन्द्रशर्मा दुलालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर