Aamsanchar

बिर्तामोड सेराजेम हेल्थ केयरद्वारा नमस्ते बाल ग्राममा आश्रित बालबालिकाहरूको लागि खाद्यान्न सहयोग

Author Image
बिहिवार, कार्तिक २, २०८०

बिर्तामोड ।  झापाको बिर्तामोडमा रहेको एल डी सेराजेम हेल्थ केयर सेन्टर प्रालिले बिर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्रामका बालबालिकालाई विजया दशमीको अवसर पारेर सहयोग प्रदान गरिएको छ ।
एल डी सेराजेम हेल्थ केयर सेन्टर प्रालिले तारा नमस्ते बाल ग्राममा रहेका २२ जना बालबालिकाका लागि खाद्यन्य सहयोग गरेको हो । सबै बालबालिकालाई  दसैँभरि पुग्ने गरी खाद्यान्न सहयोग गरिएको हेल्थ केयर सेन्टर प्रालिकी सञ्चालक लक्ष्मी दाहालले बताइन् । उनले खाद्यन्नसहित नगद ६ हजार रुपैयाँ समेत प्रदान गरेकी छन् ।

विजया दशमीमा सबैले मिठो मसिनु खाने प्रचलन रहेको र बालग्राममा आश्रित बालबालिकालाई दशै मनाउन सहज होस् भन्दै खाद्यन्नसहित आर्थिक सहयोग गरिएको सञ्चालक दाहालको जानकारी दिइन्  ।

तारा नमस्ते बालग्रामका संस्थापक अध्यक्ष नारायण पोखरेल र सञ्चालक यशोदा चापागाइँलाई सहयोग सामग्री प्रदान गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा स्वागत भरत संग्रौलाले गरेका थिए भने सञ्चालन डम्बर विक्रम केसी काफ्लेले गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी राजेन्द्र चौलागाईँ, प्रालिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

एल डी सेराजेम हेल्थ केयर सेन्टर बिर्तामोडमा विगत १० वर्ष देखि सञ्चालित सूथा हो । कोरियन थेरापी विधिबाट विभिन्न रोगीहरूको उपचार गर्दे आउने क्रममा हाल सम्म ५० हजार भन्दा धेरैलाई निशुल्क सेवा प्रदान गरिएको सञ्चालक लक्ष्मी दाहालले आमसंचारलाई बताइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)