Aamsanchar

एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपको उपाधि झापा ११ लाई

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

बिर्तामोड । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई २–० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो ।
जितसँगै झापा ११ ले नगद १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर झापा ११ का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्डर झापा ११ का सुमन मगर, उत्कृष्ट मिडफिल्डर झापा एफसीका आयुष श्रेष्ठ, उत्कृष्ट फरवार्ड झापा ११ का बबिन बोहोरा, उच्च गोलकर्ता झापा ११ प्रदिप बुढाथोकी र उत्कृष्ट प्रशिक्षक झापा ११ का पेम्बु गुरुङ भए । उनीहरुलाई नगद ३ हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजमा प्रतिनिधि, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, आयोजक क्लबका अध्यक्ष किरण पौडेल लगायले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच झापा ११ दुई गोलकर्ता बबिन बोहोरा भए । उनले नगद तीन हजार प्राप्त गरे ।

एकता स्पोर्टिङ क्लबले प्रतियोगिता सम्पन्न गर्नको लागि २६ सदस्यीय सचिवालय टिम बनाइएको थियो । सचिवालयमा किरण पौडेल, गोविन्द गिरी, लक्ष्मीप्रसाद घिमिरे, देवी काफ्ले, मोहनकुमार कोइराला, रमेश उप्रेती, खेम गिरी, देवी राजवंशी, दिवाकर मैनाली, त्यसैगरी सुशील थापा, विशाल श्रेष्ठ, कल्पना पोखरेल, माधव खरेल, येशू कन्दङ्वा लिम्बू, सरोज आचार्य, राजन सेलवाल, आशिष संग्रौला, नवीन बजगाईँ, पंकज बजगाईँ, रमेश अधिकारी, मदन अधिकारी, सुरसिंह विष्ट, सरोज कार्की, रूपेश सुब्बा, मिलन उप्रेती,रामकृष्ण दाहाल, ज्योती सिटौला र दिपेन श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर