Aamsanchar

दुई महिनापछि हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने पक्का

Author Image
शनिवार, कार्तिक ४, २०८०

काठमाडौं – जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू(१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।
खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए ।भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन । र डकवर्थ लुइस ९डीएल० मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो । ११।४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए । एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन् ।नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीनरतीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए ।
नेपाल र यूएई एसिया कपमा

शनिबार नै भएको अर्को सेमिफाइनलमा यूएईले सिंगापुरलाई डिएल मेथडमा १० विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको सिंगापुरले ४९ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । जवाफमा यूएईले ७ बलमा चार रन बनाउँदा पानीले खेल रोक्यो । पानी रोकिएपछि सुरु भएको खेलमा यूएईले ११३ रनको लक्ष्य पायो, जसलाई १५।५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।

फाइनलमा स्थान बनाएसँगै नेपाल र यूएईले यू(१९ एसिया कपमा स्थान बनाएको छ । दुवै टिम समूह एमा पर्नेछन्, जसमा भारत र पाकिस्तान छन् ।

शनिबार भएको सेमिफाइनलमा पराजित भएका सिंगापुर र जापानले तेस्रो स्थानका लागि खेल्नेछन् र, विजेताले पनि एसिया कप खेल्ने छ । यो टिम समूह बीमा पर्नेछ, जहाँ अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१