Aamsanchar

नेपालद्वारा यूएई ५ विकेटले पराजित

Author Image
सोमवार, कार्तिक ६, २०८०

काठमाडौं — जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले जित हासिल गरेको छ। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर पुरा गरेको हो।

नेपालका लागि आशिफ शेखले ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भएका थिए भने दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे।

कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए। टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५र४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुईरदुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिए।

शृङ्खलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ। नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो।

टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर