

काठमाडौं –काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका–१०, पुरानोगाउँका विनोद हुमागाईंको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४४ वर्षीय रामचन्द्र विष्टसहित आठजना छन् । गए राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

नगद एक लाख ५३ हजार ४७० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Views: 79

