Aamsanchar

आजबाट टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटका लागि एसिया क्षेत्र छनोट हुँने

Author Image
सोमवार, कार्तिक १३, २०८०

फायल फोटो ।

काठमाडौं । आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटका लागि एसिया क्षेत्र छनोट सोमबारबाट सुरु हुँदै छ। आगामी विश्वकपमा २० टिमको सहभागितासँगै यो पटक क्षेत्रिय छनोट मार्फत टिमले विश्वकप यात्रा तय गर्ने छन्।

८ टोली सहभागि रहेको प्रतियोगितामा शीर्ष २ मा रहने टोलिले विश्वकपको टिकट पक्का गर्ने छन्। नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरसँग बिहान ९ बजे टियु क्रिकेट मैदान कीर्तिपुरमा प्रतिस्पर्धा गर्ने छ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्ने लक्ष्यमा रहेको छ।

नेपाल र सिंगापुरबीच अहिले सम्म चार पटक टी-२० अन्तराष्ट्रिय खेल भएका छन जसमा दुई खेल वर्षाको कारण रद्ध हुँदै दुबै टिमले समान(समा १-१ खेलमा जित हासिल गरेका छन्। सोमबारनै अन्य तीन खेलहरु पनि हुँदै छन्।

बिहान ९ बजेनै मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुने छ। टियुमा दिउँसो १:३० बजे ओमान र मलेसिया भिड्दा मुलपानी दिउँसोनै हुने खेलमा हङकङ र कुवेत भिड्ने छन्।

विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन्। त्यस्तै समूह ‘बी’ मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन्। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउने छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर