Aamsanchar

‘झापाको सामाजिक विकासका लागि एकका लागि एक अभियान र अन्तर्राष्ट्रिय झापाली समाज बिच सहकार्य रहने’

Author Image
मङ्गलवार, कार्तिक १४, २०८०

चारपाने । अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले झापामा सञ्चालित एकका लागि एक अभियानसँग हातेमालो गरेर अघि बड्ने प्रतिबद्धता जनाएका छन् ।
एकका लागि एक अभियान झापाले मंगलबार अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले झापाको सामाजिक विकासका लागि एकका लागि एक अभियान र अन्तर्राष्ट्रिय झापाली समाज बिच सहकार्य रहने प्रतिबद्धता जनाएका हुन् ।

सहारा नेपाल (साकोस) चारपानेको सभाहलमा मंगलबार आयोजित कार्यक्रमका बिच नवनिर्वाचित समाजका अध्यक्ष मुकुन्द ढुङ्गानासहितका पदाधिकारीलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत सम्मान गरिएको होे
कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले अन्तर्राष्ट्रिय क्षेत्रबाट झापामा लगानी भित्र्याउन आग्रह गरेका छन । उनले व्यवसायिक क्षेत्रका समस्यामा परेका व्यापारीलाई सस्तो ब्याजदरमा पुनः कर्जाको ब्यवस्था गर्ने योजना बनाउन अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी समक्ष सुझाव दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले झापा र झापालीको समुन्नत हितमा अतिआवश्यक क्षेत्रमा लगानी गर्ने योजनाअनुसारको काम गर्ने सोच बनाएको अध्यक्ष ढुङ्गानाको भनाई छ ।

एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगाना, संरक्षक दिनेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, सन्तोष अग्रवाल लगायतले मन्तव्य राखेका थिए ।

अभियानका सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

 

 

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर