आर्थिक समस्याले आवश्यक कच्चा पदार्थ खरिद गर्न सकिएन, दुई दिन देखि उत्पादन बन्द भएको छ, उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले भन्नुभयो । आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।
आर्थिक सङ्कटबारे अध्ययन गरेर प्रतिवेदन सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले घाटापूर्ति गर्न र उद्योगलाई नाफामा लान नसकिने अवस्था रहेको उहाँको भनाइ छ । नयाँ मेसिन जडान नगरेसम्म सधैँ उद्योग बन्द र खुल्ने क्रम चलिरहने उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिक रुपमा उत्पादन सुरुआत गरेको थियो । उद्योगमा १९० कर्मचारी कार्यरत छन् । श्रोत:गोरखापत्र