काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ जुङचेङ नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत असोजमा चीन भ्रमणका दौरान सचिव वाङसँग पनि भेटवार्ता भएको थियो । उक्त अवसरमा दुई देशबीचको सहकार्य र सम्बन्धबारे कुराकानी भएको थियो । उनी कात्तिक २३ गते नेपाल भ्रमणमा आउन लागेका हुन् ।
सचिव वाङको भ्रमणका क्रममा पूर्वाधार, सडक, ट्रान्समिसन लाइन, व्यापारिक र पारम्परिक नाका सञ्चालनमा ल्याउने, नेपालतर्फको सडकको स्तरोन्नति र विभिन्न परियोजना अघि बढाउनेलगायत विषयमा कुराकानी हुने जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 44