जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि सुर्खेत स्थित प्रदेश अस्पताल परिसरमा नेपाली सेनाले मेडिकल क्याम्प खडा गरेको छ ।

कालिबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको हो ।

घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा।डा। डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पतालमा हाल २९९ शय्या रहेको छ। अस्पतालमा औषधि र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।



Views: 120

