काठमाडौं – नेपालका तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल फाइनलमा सुपर ओभरमा पराजित भएपनि गुलशनले उक्त अवार्ड पाएका हुन् ।
गुलशनले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १-१ विकेट लिएका थिए । सर्वोत्कृष्ट वापत गुलशनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् ।
ओमानका बिलाल खान प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए ।
नेपालका कुशल भुर्तेल प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा १ अर्धशतकसहित कुल १ सय ८५ रन बनाएका थिए । नेपाल सुपर ओभरमा फाइनलमा ओमानसँग पराजित भएको छ ।
नेपाल र ओमानले २०२४ को टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएई र ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका थिए।