Aamsanchar

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा ढुङ्गे धाराको उद्घाटन

Author Image
बुधवार, कार्तिक २२, २०८०

भरतपुर – पवित्र धार्मिक तीर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी हुन् ।

देवघाटधाम आउने तीर्थालु तथा मलामीहरूलाई लक्षित गरी बागमती सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौडा भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङ्गे धारा निर्माण गरेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शवदाह गृह लगायतका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको पनि बताइन् ।

खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले जानकारी दिए । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर