

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को ग्रेडवृद्धि (पूरक) परीक्षा नतिजा सार्वजनिक गरेको छ। परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो।

परीक्षा बोर्डका अनुसार कुल एक लाख १७ हजार ८ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी थिए। जसमध्ये ८८ हजार ९ सय ४७ अर्थात् ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

१५ जनाको परीक्षा रद्द गरिएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० साल असोज ९ र १० गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो।


Views: 11

