Aamsanchar

आज गाई पूजा, वेदले गौमाताको बारेमा के भन्छ ?

Author Image
सोमवार, कार्तिक २७, २०८०

गौमाता को महत्त्व :
सनातन ग्रन्थहरू बाट ब्रह्मा, विष्णु र शिव तिन वटै देवताहरूले आत्मसाथ गरेको र उच्चारण गरेको यस श्लोकले गौमाता को महत्त्व प्रकट गरेको छ ।

त्वं माता सर्व देवानां त्वं च यज्ञस्य कारणम् । त्वं तीर्थ सर्वतीर्थानां नमस्तेस्तु सदानधे ।

हे पाप नाशकर्ता, सबै देवताहरूको माता, हरेक यज्ञ को कारण सबै तीर्थहरू मध्ये, तपाईँ सबैभन्दा पवित्र , म तपाईँलाई नमन गर्दछु।

मनु संहिता पाठ ४ श्लोक १६२
एउटा गुरु, शिक्षक, माता, पिता, ब्राह्मण, गाई र योगीलाई मार्नु हुँदैन ।
ब्राह्मणलाई कुनै जात विशेष नभईकन ब्रह्माण्डको ज्ञान राख्ने चेष्टा भएको र ब्रह्मत्वको महत्त्व बुझ्न चाहने जोकोहीलाई ब्राह्मणका रूपमा राख्न चाह्यौँ ।

वेदले गौमाताको बारेमा के भन्छ ?
वेदका अनुसार गाईलाई विश्वव्यापी प्रतीक मानिन्छ, अथर्ववेद अनुसार गाई भित्र ३३ करोड देवताहरूको वास हुन्छ । भगवान् श्रीकृष्णले गाईको दिव्य रूपको वर्णन गर्दै ‘धनूनामस्मि कामधुक’ भन्नुभएको छ ।

अर्थवेद १ को १६ को १४
यदि नो गां हमि यद्यश्वं यदि पूरुषम् ।
तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा ॥
यदि कसैले हाम्रा गाई, घोडा वा मानिसलाई नष्ट गर्छ भने उ पापको भागीदार र सजायको भोगी हुन्छ ।

यस्ता अनेक श्लोकहरूले गौ रक्षा र अहिंसाको पैरवी गरेका छन् । आज गाई तिहारको यो विशेष अङ्कमा गौमाताको स्नेहमा यी श्लोकहरू समर्पण गर्न चाहेँ ।

गाई पूजा
आज तिथि अनुसार गोवर्धन पूजा र हली तिहार चाहिँ परेन यद्यपि आजको दिनमा गाई को पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर हली तिहारका दिन पूजा गर्ने चलन छ र यो पूजा भोलि गरिनेछ ।

आज चाहिँ कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाईको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । गोवर्धन पूजा भोलि परेका हुनाले गाई गोरु पूजा भोलि पनि गरिन्छ ।

गाई र माई भन्ने उखान भारतवर्षमा खुब प्रचलित छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा उर्जा र पवित्रता दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर