
प्रतिकात्मक तस्बिर


उर्लाबारी –मोरङको उर्लाबारी–६ सीमाना बस्तीका २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी–७ को जङ्गलमा मृत भेटिएका छन् ।

अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् । मृत्युको कारण खुलेको छैन ।

सोमबार दिउँसो घरबाट बजारमा काम छ भनी निस्किएका धीरेन्द्र आगामी बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए । साँझ घर नफर्किएपछि परिवारले प्रहरीमा सूचना गरेका थिए ।
Views: 102

