Aamsanchar

‘छठ पूजाको दिन विरिङ खोलामा आठ सय व्रतालु परिवार र २० हजार दर्शक पुग्ने’

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ भएर बग्ने झापाको एक ठुलो खोला विरिङमा यस बर्ष पनि वृहत छठ पूजा आयोजना हुने भएको छ ।

छठ सेवा समिति बिर्तामोडले मंसिर ३ गते छठ पूजाको दिन बिरिङ खोलामा धार्मिक मेलासहित पूजा आयोजना गर्ने तयारी गरेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष रामेश्वर दुवेदीले बताए ।

छठ सेवा समितिले यस वर्ष आठ सय परिवारलाई पूजा गर्नको लागि सहजता प्रदान गर्न पण्डाल ९ घाट० को व्यवस्थापन गर्ने भएको छ । पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने विरिङ पुल उत्तरको छठ पूजा समारोहमा विगतको वर्षमा हजारौं दर्शकहरू आउने गरेर र यस वर्ष २० हजार दर्शक श्रद्धालु आउने आयोजकले अनुमान गरेको छ । पूजा तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको लागि मूल समितिले विभिन्न उपसमितिहरू चयन गरेको छ ।

छठ पूजा समारोहको संयोजकमा मनोज साह, प्रचार प्रसार समिति संयोजक संगीता रौनियार, प्रचार प्रसार सहसंयोजक शत्रुधन गुप्ता, सदस्यहरू सञ्जय चौधरी, हेमलता चौधरी, बिकी चौधरी रहेका छन ।

घाट तथा बिजुली व्यवस्थापन समिति संयोजक शंकर भगत, सदस्यहरू अखिलेश भगत, जयकुमार झा, दिलिप दास, बिकी चौधरी, विजय ठाकुर, सञ्जय चौधरी रहेका छन ।

अर्थ समिति संयोजक अशोक चौधरी, सदस्यहरू बरुण जयसवाल, राजकुमार साह, अनन्तलाल महतो, शत्रुधन प्रसाद गुप्ता, मनोज चौधरी, लालबाबु साह रहेका छन । त्यसैगरी मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम संयोजक मनोज शाह, सदस्यहरु सत्रुघन गुप्ता, मनोज भगत, प्रमोद चौधरी, दीपक साफीलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रमको शान्ति सुरक्षा समितिको संयोजक प्रेमचन्द्र चौधरी, सदस्यहरू घनश्याम चौधरी, राजकुमार गुप्ता रहेका छन भने प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा सत्यनारायण चौधरी सदस्यहरूमा, शत्रुधन चौधरी र देवेन्द्र कुमार सिंहलाई मूल समितिले जिम्मेवारी प्रदान गरेको छ ।

छठ पूजा समारोहलाई सम्पन्न गर्नका लागि छठ युवा फ्रन्ट र छठ महिला मञ्चका पदाधिकारी र सदस्यहरूको पनि साथ रहने  संयोजक मनोज साहले आमसंचारलाई बताए ।

बिरिङ खोलामा छठ पूजा आयोजना गर्नको लागि विभिन्न पूर्वाधार निर्माणको कार्य भइरहेको छ । हाल पूजा आयोजना गर्नको लागि पण्डाल, मञ्च निर्माण, विद्युत जडान लगायतको ८० प्रतिशत काम पुरा भएको अध्यक्ष रामेश्वर दुवेदीले जानकारी दिए । पूजा सम्पन्न गर्न करिव १५ लाख रुपैयाँ खर्च लाग्ने समितिले अनुमान गरेको छ ।

छठ सेवा समिति बिर्तामोडले विगत १० वर्ष देखि विरिङ खोलामा छठ पूजा समारोह गर्दै आएको छ । विगतको वर्षहरूमा दर्शको चापका कारण मुख्य राजमार्ग जाम हुने गरेकाले सवारी आवगमननै अवरुद्ध हुने गरेको थियो । यस वर्षको पूजामा समितिले आन्तरिक सुरक्षा जनशक्ति बढाउने नेपाल प्रहरी र ट्राफिक प्रहरी सँग पनि सुरक्षाका लागि सहयोग माग गरेको कार्यक्रम संयोजक मनोज साहाले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर