

झापा- इलामको रोङ गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुने बालकको पहिचान खुलेको छ ।

मृत्यु हुने बालक धनुषधाम नगरपालिका ९ का १२ वर्षीय अर्पण लामा रहेको प्रहरीले जनाएको छ । धनुषाबाट भ्रमणमा आएको ना ६ ख ८४२४ नं को बस लसुने र अर्याल चौकको बीचमा दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल ल्याइएको छ ।
Views: 144

