Aamsanchar

विश्वकप छनाेट : यमनसँग पनि हार्याे नेपाल

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं – फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग २–० ले पराजित भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यमनलाई जित दिलाउन ओमर अब्दुल्लाह अल–दाही र मोहम्मद अब्दुल्लाह अल–दाहीले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ७३औँ मिनेटमा ओमर अब्दुल्लाह अल–दाहीले उत्कृष्ट गोल गर्दै दशरथमा उपस्थित १३ हजार ७३५ दर्शकलाई स्तब्ध बनाएका थिए । पेनाल्टी बक्सको बाहिर राइट साइडबाट नेपालका तीन डिफेन्डरलाई बिट गर्दै धाहीले टप कर्नर उत्कृष्ट गोल गरेका थिए ।

ब्नलष् न्चयगउ
यस्तै, खेलको अन्तिम मिनेटमा मोहम्मद अब्दुल्लाहले लेफ्ट साइडबाट नेपाल डिफेन्स लाइन तोड्दै ‘चिप’ गोल गर्दै नेपालको खेलमा फर्किने आस तोडेका थिए ।

पहिलो मिनेटबाटै आक्रमण बुनेको यमनले घरेलु टिमको डिफेन्स लाइनलाई सुरुआतदेखि नै व्यस्त बनाउने रणनीतिसहित उत्रिएको थियो । तर, पहिलो केही मिनेटपछि नेपालले बलमाथिको नियन्त्रण बढायो ।

न्यिदब िक्ष्mभ दबलप
चौथो मिनेटमा दीनेश राइट साइडबाट दुई डिफेन्डरलाई काट्दै निकालेको क्रसमा आशिषको हेडर यमनका गोलकिपरले अब्दुल्लाह अल सादीले नियन्त्रणमा राख्न सकेका थिएनन् । सोही बललाई जिलेश्पीले हेडरमार्फत गोललाइन पार गराए पनि रेफ्रीले अफसाइडको इशारा गरेपछि नेपाल अग्रता लिनबाट चुकेको थियो ।

यसपछि १५औँ मिनेटसम्म दुवै टिमले गतिलो आक्रमण बुन्न सकेनन् ।

१६औँ मिनेटमा अहमेद महेरले मैदानको मध्य भागबाट एक्लै नेपालका डिफेन्स लाइन तोड्दै बल १८ यार्ड बक्सभित्र पुर्‍याए पनि लामो रन लिन पुग्दा गोलकिपर किरणले खतरा टारेका थिए ।

२१औँ मिनेटमा सनिष श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा पेनाल्टी बक्सभित्र रहेका अनन्तले हेडमार्फत ६ यार्ड बक्समा बल मिलाएका थिए । तर, अञ्जनले हेडर नभेट्टाउन नेपालको अग्रताको अवसर गुमाएको थियो ।

२६औँ मिनेटमा हम्जाह हनासले पेनाल्टी बक्सबाट गरेको प्रहार नेपाली गोलकिपर किरणले सहजै बचाएका थिए ।

३३औँ मिनेटमा लेफ्ट साइडबाट अहमद माहेरले दुई नेपाली रक्षकलाई बिट गर्दै गरेको प्रहार आकाशिदा नेपालको खतरा टरेको थियो ।

६१औँ मिनेटमा हिसुबले वान भर्सेस वानको अवस्थामा यमनका गोलकिपरलाई बिट गर्न नसक्दा नेपालले अग्रताको सुनौलो मौका गुमायो । त्यसलगत्तै पेनाल्टी बक्सबाहिरबाट पाएको फ्रिकिकमा पुनः नेपालले अग्रताको अवसर गुमायो ।

जिलेश्पीलाई बक्सबाहिर लडाएपछि प्राप्त फाउलमा नेपालका एरिक बिष्ट प्रहारका लागि आएका थिए । एरिकले लोअर फ्रिकिक यमनका रक्षकबाट डिफ्लेक्ट भएर फर्किदा आएको बलमा अञ्जनले प्रहार गरे पनि बाहिरिएपछि यमन खतराबाट बाहिर आएको थियो ।

छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् ९यूएई० विरुद्ध ४–० ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको नेपाल तालिका पुछारमा छ । पहिलो जित निकालेको यमन तीन अंकसहित तेस्रो स्थानमा छ ।

छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् ।

त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१