Aamsanchar

पञ्चवटी वीरभद्र महाकाली धाम सहरेडाँगीमा राधिका दासीले भागवत वाचन गर्ने 

Author Image
शुक्रवार, मंसिर ८, २०८०

धार्मिक अनíठानको बारेमा जानकारी दिदै आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरी ।

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ भद्रकाली टोल सहरेडाँगीमा  श्रीमद्‌भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्याचल महापुराण आयोजना हुने भएको छ ।

यही मंसिर १५ गते देखि २१ गते सम्म भागवत चर्चा ज्ञान महायज्ञको आयोजना हुने आज आयोजित पत्रकार भेटघाटको क्रममा पुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।
सनातन धर्मसंस्कृतिमा पर्ने नित्यकर्म, धार्मिक अनुशासन, समाजलाई चलायमान बनाउँदै वेद र गीताका सारहरू भावी पुस्तालाई सिकाउने त्यसैगरी मानव सेवाका बारेमा कोही पनि अनविज्ञ नरहुन भन्ने धेय अनुसार आयोजना हुने धार्मिक अनुष्ठानमा दाताहरूले दिने दान भेटी संकलित रकमबाट धाममा ज्येष्ठ नागरिक चौतारो, सामुदायिक भवन, घेराबारा जस्ता भौतिक संरचनाहरू निर्माण गर्ने उद्देश्यले पुराणको आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।

आर्थिक अभावका कारण मन्दिरमा नियमित  पूजापाठ सञ्चालन गर्न कठिनाइ भइरहेकोले मन्दिरमा हुने दैनिक तथा विषेश पर्वहरूमा पूजापाठ र धार्मिक कार्यक्रम आयोजना गर्न सकियोस् भनेर अक्षयकोषसमेत स्थापना गर्ने उद्देश्य रहेको मन्दिर सञ्चालन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईँले जानकारी दिए ।

२०७२ सालमा स्थापना भएको मन्दिर क्षेत्रमा मन्दिर बाहेक कुनैपनि संरचना रहेको छैन । थप भौतिक संरचना निर्माण गर्दा करिव १ करोड ५० लाख खर्च अनुमान गरिएको र यस अनुष्ठानमा दाताहरूबाट सहयोग प्राप्त भए १ करोड रुपैयाँ संकलन गर्ने आयोजक समितिले लक्ष्य राखेको छ । यस पटकको पुराण सम्पन्न गर्न २० देखि २५ लाख सम्म खर्च हुनसक्ने समितिले अनुमान गरेको पुराण आयोजक समितिका सचिव प्रेमराज घिमिरेले आमसंचारलाई बताए ।

धामको स्वामित्वमा हाल २ कठ्ठा ३ धुर जग्गा रहेको छ  । उक्त जग्गा स्थानीय रविन्द्र प्रसाईँ, गङ्गादेवी प्रसाईँ, लक्ष्मी प्रसाईँले दान दिएका हुन । सर्पट नापीको अनुसार धामले उपभोग गर्दै आएको बाँकी ऐलानी नहर बढी जमिन ४ कठ्ठा भन्दा बढी रहेकोले सो स्थानमा भौतिक संरचनाहरू थप गर्ने समितिको योजना रहेको सचिव घिमिरेले जानकारी दिए ।

संस्थाको उद्देश्यहरू क्रमश पुरा गर्ने योजना अनुसार पहिलो पटक आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह पुराणमा मुख्य कथा वाचन चर्चित कथा वाचक भागवत मञ्जरी राधिका दासीले गर्ने भएकी छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर