चारपाने। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित गायन प्रतियोगिता ‘सहारा सिङगिङ आइकन’ को ग्रान्ड फिनाले भोलि मंगलबार हुँदैछ । कार्यक्रम बिर्तामोड –२ चारपानेस्थित सहारा नेपालको सभाहलमा हुन लागेको हो ।

वीरता लेडी जेसिजले आयोजना गरेको प्रतियोगिताको आज अडिसन सम्पन्न भएको छ । अडिसनमा सहभागी ३८ जना प्रतियोगीबाट ११ जना ग्रान्ड फिनालेका लागि छानिएको वीरता लेडी जेसिजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।

सहारा नेपाल साकोसले कार्यक्रमको प्रायोजन गरेको जेसीजकी महासचिव जेसी निशा शाक्यले जानकारी दिइन् । जेसी संगीता गिरीको अध्यक्षता र बरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा अडिसन सम्पन्न भएको थियो ।

सिङगिङ आइकनको निर्णयकमा संगीत साधना केन्द्र सुरुङ्गाकी प्रशिक्षक तुलसा पाठक र सनलाइट म्युजिकका प्रबन्धक जोनी तामाङ रहेका छन् ।


Views: 233

