

हुम्ला –हुम्लामा १७ वर्षीया युवतीको भिरबाट लडेर ज्यान गएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी सुस्मिता शाहीको भिरबाट लडेर ज्यान गएको हो ।

हिजो दिउँसो गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको ज्यान गएको सुस्मिताका आफन्तले बताएका छन्।

उनी सिमकोट गाउँपालिका-११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।
Views: 98

