Aamsanchar

नेपाल सुपर लिगमा आज इलाम र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा

Author Image
आइतवार, मंसिर १७, २०८०

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदैछ।

खेल दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ। इलाम दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। लुम्बिनी भने पहिलो जितको खोजीमा छ।

दुई खेलबाट ३ अंकसहित इलाम अंकतालिकाको छैटौं स्थानमा छ। लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुच्छारमा छ।

यसअघि हिजो भएको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी तथा पोखरा थण्डर्स र झापा एफसीले बराबरी खेल्दै अंक बाँडेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर