Aamsanchar

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

Author Image
आइतवार, मंसिर १७, २०८०

काठमाडौं– फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७।४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको संस्थानले जनाएको छ ।

हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सयभन्दा बढी परकम्पहरू गएको बताएको छ ।

५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ । एजेन्सीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर