Aamsanchar

झापाका प्रजिअ पोखरेलकाे बिदाई

Author Image
आइतवार, मंसिर १७, २०८०

झापा:  झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सामूहिक बिदाइ गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघसहित ४२ वटा संघसंस्थाले प्रमुख जिल्ला अधिकारी पोखरेललाई सामूहिक बिदाइ गरेका हुन् । आज बिहान बिर्तामोड उद्योग वाणिज्य संघले बिदाइ कार्यक्रम आयोजना गरेको थियो । कुशल प्रशासकका रुपमा पोखरेलले झापामा १० महिना बिताएका छन् । उनले २०७९ माघ १२ देखि झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनी सुदूरपश्चिम प्रदेशको सचिवका रुपमा सरुवा भएका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले संघ संस्थासँगको समन्वय र सहकार्यका लागि प्रमुख जिल्ला अधिकारी पोखरेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल र झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठलगायतले बिदाइ मन्तव्य राखेका थिए । कार्यक्रम महासचिव अर्जुन मैनालीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर