Aamsanchar

प्रधानमन्त्री दाहाल आज यूएईबाट स्वदेश फर्किने

Author Image
आइतवार, मंसिर १७, २०८०

काठमाडौँ – जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।

आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । यसअघि प्रचण्डले शनिबार कोप सम्मेलनलाई सम्बोधन गरेका थिए ।

सो क्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर