Aamsanchar

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले तीन जना मन्त्रीकाे जिम्मेवारी तोके

Author Image
आइतवार, मंसिर १७, २०८०

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेको छन्। आफूले मुख्यमन्त्रीको शपथ लिएको दिन गत असोज २८ गते नियुक्त भएका आफूनिकट शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री बनेको दुई महिना पुग्न लाग्दा उनले एकजना मन्त्रीलाई डेढ महिनापछि मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसैगरी ठिक एक महिनाअघि कार्तिक १७ गते नेकपा माओवादीबाट मन्त्री भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त हुँदा एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले कात्तिक १८ गते राजीनामा बुझाएका थिए।

त्यसयता पनि एमालेसहितका दललाई सरकारमा सहभागी गराउने उद्देश्य राखेका मुख्यमन्त्री कार्कीले सरकार विस्तार गर्न नसकेपछि आज विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर